ज्यामरुक कोटको थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा

२०८३ असार ५, शुक्रबार

तनहुँ : स्थानीय भानु नगरपालिका–१२ स्थित ज्यामरुक कोट थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा स्तम्भ स्थापना गरिएको छ ।

अधिकारी क्षेत्रीको कुलदेवता थानको परिसरमा अवस्थित ऐतिहासिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण कोटमा झण्डा राखिएको हो । नगरप्रमुख आनन्दराज त्रिपाठी र वडाध्यक्ष बेलबहादुर अधिकारीले संयुक्त रुपमा झण्डा स्तम्भको उद्घाटन गरे । नेपालकै गौरव र गाथाहरुले भरिपूर्ण मनोहर प्राकृतिक वरदानले सजिएको ऐतिहासिकस्थलका रूपमा कोट थुम्का परिचित छ ।

राष्ट्रिय झण्डा स्तम्भ स्थापनापछि थप आकर्षक र पर्यटकीय गन्तव्यको रुपमा कोट थुम्काको विकास हुने अपेक्षा गरिएको नगरप्रमुख त्रिपाठीले बताए । मिलुङ बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक कुशलचन्द्र अधिकारीले कोट थुम्का पर्यटकीय दृष्टिकोणले गन्तव्य बन्दै गएका कारण यहाँको कृषि क्षेत्रमा थप सहयोग पुग्ने बताए ।

त्यस क्षेत्रको विकासका सन्दर्भमा थप २०० वटा लालीगुराँसको बिरुवा रोप्ने लक्ष्यसमेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार