एनआईसी एशिया बैंकद्वारा विद्यालय र मेरुदण्डिय पक्षघात समुहलाई सहयोग

२०८३ असार ५, शुक्रबार

काठमाडौं : एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत दार्चुलास्थित श्री हुनैनाथ माध्यमिक विद्यालय बाँज र काठमाडौंस्थित मेरुदण्डिय पक्षघात समूह नेपाललाई विशेष सहयोग प्रदान गरेको छ।

बैंकले विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउन दार्चुलाको महाकाली नगरपालिका–३ स्थित श्री हुनैनाथ माध्यमिक विद्यालयलाई एक थान ल्यापटप हस्तान्तरण गरेको छ। विद्यालयमा हाल १३५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

त्यसैगरी, मेरुदण्ड (स्पाइनल कर्ड) चोटपटक भएका व्यक्तिहरूको पुनर्स्थापना तथा हेरचाहमा कार्यरत मेरुदण्डिय पक्षघात समूह नेपाललाई बैंकले आरओ वाटर प्युरिफायर उपलब्ध गराएको छ। उक्त सहयोगले संस्थासँग आबद्ध लाभग्राही तथा आवासीय व्यक्तिहरूलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

बैंकका अनुसार यस सहयोगले विद्यालयमा प्रविधिको पहुँच विस्तार हुनुका साथै विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पर्नेछ। साथै, सामाजिक संस्थालाई प्रदान गरिएको सहयोगले स्वास्थ्य र सरसफाइमा थप टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार