काठमाडौँ : गणतन्त्र दिवसको अवसर पारेर गत जेठ १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रोल नं. १’ले घरेलु बक्स अफिसमा डेढ करोडको आँकडा पार गरेको छ ।
सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणमा असार ७ गतेसम्म फिल्मको कुल कमाइ १ करोड ५५ लाख ४६ हजार ६६८ रुपैयाँ ग्रस देखिएको छ ।
‘रोल नं. १’ले अघिल्लो आइतबार अर्थात् जेठ ३१ गतेसम्म १ करोड ३५ लाख १५ हजार ९९३ रुपैयाँ ग्रस कमाइ गरेको थियो । यो हिसाबले पछिल्लो ७ दिनमा फिल्मले २० लाख ३० हजार ६७५ रुपैयाँ कमाएको छ । असार ७ गतेसम्म फिल्मका ५७ हजार १३२ वटा टिकट बिक्री भएको बोर्डको तथ्यांकमा देखिन्छ ।








