भेनेजुएला भूकम्पप्रति नेपालद्वारा गहिरो दुःख व्यक्त

२०८३ असार ११, बिहीबार

काठमाडौँ : नेपाल सरकारले भेनेजुएलाको राजधानी काराकासमा गएको शक्तिशाली भुकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। नेपाली समयअनुसार बिहीबार बिहान करिब ४ बजे ७.२ र ७.५ म्याग्नेच्युटका शक्तिशाली भूकम्प गएका थिए।

भूकम्पमा परी धेरै मानिस मारिएका र भौतिक संरचना ध्वस्त भएका भनेर अन्तर्ष्ट्रिय सञ्चारमाध्यमहरूले बताइरहँदा नेपालले साहनुभूति देखाएको हो। भुकम्पमा परी मृत्यु हुनेको संख्या र क्षतिको विवरण आइसकेको छैन।

नेपालले बेपत्ताहरुको छिटो उद्धार र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै भनेको छ, ‘ शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै भेनेजुएला सरकार र त्यहाँका जनताप्रति साहनुभूति व्यक्त गर्दछौँ’, परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार