रंगेली नगरपालिकाका वडाध्यक्ष मण्डल पक्राउ

२०८३ असार ११, बिहीबार

काठमाडौं : झुटो विवरणका आधारमा नेपाली नागरिकताको सर्जमिन सिफारिस गरेको आरोपमा मोरङको रंगेलीमा वडाध्यक्ष र वडासदस्य पक्राउ परेका छन्।

रंगेली नगरपालिका– ५ का वडाध्यक्ष महानन्द मण्डल (५५ वर्ष) र वडासदस्य गणेश रिषदेव (४६ वर्ष)लाई झुटो नागरिकता सिफारिसको आरोपमा बिहीबार मोरङ प्रहरीले पक्राउ गरेको हो।

स्थानीय मनुवा कुमार महतोले आफ्नी आमा अधनलुनिया महतो भएको भनी झुटो विवरण पेस गरी अंगीकृत नागरिकताका लागि झुटो सर्जमिन गराएर सिफारिस लिएका प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैलाई नागरिकता किर्ते सिफारिस कसुरमा अनुसन्धान अघि बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार