व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का

२०८३ असार ११, बिहीबार

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ ।

सम्पत्ति शुद्धीकरणको उजुरीमाथि अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर उनको पासपोर्ट रोक्का गरेको हो । उनीमाथि अनुसन्धान चलिरहेकाले कतै विदेश जान नपाउन भन्ने उद्देश्यले पासपोर्ट रोक्का गरिएको विभागले जनाएको छ । सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरुबाट शंकास्पद रुपमा नेपालमा रकम भित्र्याएको आरोप छ ।

उनले मुक्तिश्री सिमेन्ट र स्याटलाईट टेलिकममा भित्र्याएको बैदेशिक लगानीको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । अन्तरिम आदेशबाट सर्वोच्चले रकम नरोक्न आदेश दिएपनि पछि त्यसले निरन्तरता पाएन । कम्तिमा पनि एक दशक पुराना उजुरीमाथि अनुसन्धान अघि बढेपछि पासपोर्ट रोक्का गरिएको विभागसम्बद्ध स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार