प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेटवार्ता

२०८३ असार १२, शुक्रबार

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् ।

आज बिहान विराटनगरस्थित कोइराला निवास पुगेर उनीहरुले भेटघाट गरेको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार