कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०८३ असार १५, सोमबार

काठमाडौँ : कलंकी पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सोमबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा कैलाली घर भएका चालक २७ वर्षीय प्रकाश साहको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार