फिल्म ‘मन विनाको धन २’मा विपिन कार्कीको इन्ट्री

२०८३ असार १८, बिहीबार

काठमाडौँ : फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको मुख्य भुमिकामा अभिनय रहने गरेर विपिन भित्रिएका हुन् । टंक वुढाथोकीको कथा तथा निर्देशन रहने फिल्ममा शिवम् अधिकारीको लेखन छ । फिल्मको हाल धमाधम प्रि प्रोडक्सनको काम चलिरहेको छ ।

फिल्ममा यसअघि नायिका पूजा शर्मा, नायक महेश त्रिपाठी, कलाकारहरू सरोज खनाल र किरण केसी फाइनल भइसकेका छन् । पूजा र विपिनले पहिलो पटक फिल्मको पर्दामा एकसाथ काम गर्न लागेका हुन् । फिल्म ‘मन विनाको धन २’लाई सामाजिक कथावस्तुमा निर्माण गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार