फिल्म ‘कंगाल करोडपति’मा मुकुनको जोडी बन्दै सलिना

२०८३ असार १८, बिहीबार

काठमाडौँ : निर्माणको तयारीमा रहेको फिल्म ‘कंगाल करोडपति’मा मुख्य अभिनेत्रीको टुंगो लागेको छ ।

मंगलबार निर्माता कम्पनी सिनेमा पाठशालाले सलिना तामाङलाई फिल्ममा अनुबन्धित गरेको जनाएको छ । सलिनाले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । फिल्ममा उनको जोडी अभिनेता मुकुन भुसालसँग बाँधिनेछ ।

फिल्ममा अनुबन्धित भएपछि सलिनाले आफ्नो डेब्यूका लागि ‘कंगाल करोडपति’ सबैभन्दा उपयुक्त फिल्म भएको बताएकी छन् । उनले भनिन्, ‘यस फिल्ममा एउटा सशक्त पात्रमा अभिनय गर्ने अवसर पाउँदा म अत्यन्तै खुसी छु ।’ उनले भारतको मुम्बईस्थित ‘द एक्टर्स ट्रुथ’मा बलिउड अभिनेता सौरभ सचदेवाबाट अभिनयको प्रशिक्षण लिएकी छन् ।

राजु श्रेष्ठको निर्देशनमा बन्ने फिल्ममा प्रवीन आचार्य प्रस्तुतकर्तामा छन् भने अनिलकुमार बुढाथोकी निर्मातामा रहेका छन् । सह-निर्माताहरू छिरिङ तामाङ, प्रवीन राई र प्रवेश सापकोटा हुन् । सुमन गजमेरको लेखन रहेको फिल्मले एउटा सामान्य मान्छे करोडपति र कंगाल बन्दाको अवस्थालाई हास्य शैलीमा प्रस्तुत गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार