काठमाडौँ : नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठकमा नयाँ पार्टी बनाउनुपर्नेमा नेताहरूले जोड दिएका छन्।
उनीहरू एकता सम्भव नभएमा विकल्प खोज्न शीर्षनेतालाई सुझाव दिएका छन्। पार्टी एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेबारेमा अब ढिलाइ गर्न नहुने उनीहरूको मत थियो। कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा बोलेका नेताहरूले निर्णय गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका हुन्।
दोस्रो दिनको बैठकमा बोलेका अधिकांश नेताहरूले एकता वा नयाँ पार्टीबारे छिटो निर्णय गर्नुपर्ने धारणा राखेका छन्।








