कैलाली : नदी उत्खनन्का कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा परेको छ ।
प्रेमनगरकी आशा सोनाहाको कर्णाली नदी उत्खननले पेसा सङ्कटमा परेको हो । त्यसो त, उक्त बस्तीका अन्य सोनाहाको दैनिकी पनि सुन खोज्ने र माछा मारेर नै बित्ने गर्छ । उक्त जातिको आर्थिक स्रोत नै कर्णाली नदीमा भेटिएको सुन अनि माछा हो ।
“हाम्रो पेसा नदी किनारमा सुन खोज्ने, माछा मार्ने हो । वस्ती पनि नदी किनारमै हुन्छन् । पुर्खाले सुन खोजेर माछा मारेर जीवनयापन गरे । हामीले पनि यही काम गरेका छौँ”, आशाले भनिन्, “नदीको उत्खननले पेसा सङ्कटमा पर्न थालेपछि आजभोलि ज्यालादारी काम गर्न, बाध्य छौँ ।” “पूर्खाले गरेको काम नदी उत्खनन्का कारण लोप हुने त होइन भन्ने चिन्ता छ”, उनले भनिन् ।








