पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते

२०८३ असार ३०, मंगलवार

काठमाडौँ : पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार भएको भारी वर्षाका कारण आवासीय घर भत्किँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् ।

उद्धार अधिकारीहरुका अनुसार भारी वर्षाका कारण जिल्लाको लाची क्षेत्रको मालगिन क्षेत्रमा बाढी आई एउटा घर क्षेति ग्रस्त हुँदा २३ जना उक्त घरको भग्नावशेष मुनि फसेका छन् ।

कोहाट र काराक जिल्लाका उद्धार टोलीहरूले उद्धार अभियान अन्तरगत सबै पीडितहरूलाई भग्नावशेषबाट सफलतापूर्वक उद्धार गरेर उपचारका लागि नजिकैको अस्पतालमा लगेको जनाइएको छ ।

मृत्यु हुनेहरुमा छ जना महिला र तीन जना बालबालिका रहेको उल्लेख गर्दै घाइते मध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने डर रहेको अधिकारीले बताएका छन् ।

पाकिस्तानका धेरै भागहरूमा आएको मनसुनी वर्षाले निरन्तर बाढी निम्त्याउदा पूर्वाधारलाई क्षति पुग्नुका साथै दैनिक जीवन यापनमासमेत बाधा पुगेको जनाइएको छ ।

यस अघि प्रान्तको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण ९पिडिएमए० ले बढ्दो पानीको बहावका कारण आगामी दुई दिनमा बाँधबाट थप पानी छोड्न सक्ने चेतावनी दिएको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार