काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ ले सरकारले सम्पत्ति छानबिनको विषयमा समेत राजनीतिकरण गरेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता शाहीले आफ्ना मन्त्री र नयाँ सांसदको सम्पत्ति छानबिन नगर्ने नीति बनाएर सरकारले दोहोरो मापदण्ड अपनाएको दाबी गरेका हुन् । उनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्नुलाई पनि सरकारले गरेको राजनीतिकरणको उदाहरणका रूपमा व्याख्या गरे ।
शाहीले अरूको सम्पत्ति छानबिनका लागि समिति माग्ने तर आफ्नै पक्षमाथि प्रश्न उठेपछि आफैं समिति गठन गर्ने, समितिका सदस्यलाई दबाब दिने, आफूलाई निर्दोष देखाउने र प्रतिवेदन लुकाउने कामलाई राजनीतिकरणको संज्ञा दिए ।





