कांग्रेसका मन्त्रीहरूको राजीनामापछि मुख्यमन्त्री कँडेलले आफैंसँग राखे ४ मन्त्रालय

२०८३ असार ३१, बुधबार

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चार वटा मन्त्रालय आफैसँग राखेका छन्। बुधबार बिहान नेपाली कांग्रेसबाट कर्णाली सरकारमा सहभागी चार जना मन्त्रीले सामुहिक राजीनामा दिएका थिए।

कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र उर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढाले राजीनामा बुझाएका थिए।

यस्तै, मुख्यमन्त्री कँडेलले राजीनामा स्वीकृतपछि प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषद्को नियुक्ति, हेरफेर तथा कार्यविभाजनको पत्र पठाएका हुन्।

सिफारिसअनुसार मुख्यमन्त्री कँडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैसँग राखेका छन्।

यस्तै, एमालेबाट बनेका मन्त्रीहरुको जिम्मेवारी यथावत नै रहेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा शेरबहादुर बुढा र भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा गमता विक छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार