सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता

२०८३ असार ३१, बुधबार

काठमाडौँ : नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

बुधबार बसेको एमाले संसदीय दलको बैठकले साँझ ५ बजेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।

उनका अनुसार बजेट पुनर्लेखनको माग गर्दै आएको अवस्थामा एमालेका मन्त्रीहरूलाई पदबाट हटाइएपछि सरकारमा बसिरहनुको औचित्य नरहेको निष्कर्षसहित समर्थन फिर्ता लिइएको हो।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गरेका थिए । त्यसको केहीबेरमै बसेको एमाले संसदीय दलको बैठकले सरकारसँगको राजनीतिक सहकार्य अन्त्य गर्ने निर्णय गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार