उपराष्ट्रपति यादव र कतारका अमिरबीच दोहामा भेटवार्ता

२०८३ असार ३२, बिहीबार

काठमाडौँ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग दोहामा शिष्टाचार भेटवार्ता गरेका हुन् ।

उपराष्ट्रपतिको कार्यालयका अनुसार कतार भ्रमणका क्रममा बुधबार दोहास्थित लुसाइल दरबारमा उनीहरूबीच उच्चस्तरीय भेट भएको हो । उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट श्रद्धाञ्जलि एवं समवेदना व्यक्त गर्न कतार गएका हुन् ।

भेटका क्रममा उनले अमिर शेख तमिम, शाही परिवार र कतारी जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरे । सो अवसरमा उपराष्ट्रपति यादवले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट पठाइएको शोक तथा समवेदनापत्र अमिर शेख तमिमलाई हस्तान्तरण गरे ।

भेटमा नेपाली प्रतिनिधिमण्डलका सदस्य तथा कतारका उच्च अधिकारीहरूको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार