काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय १५ रूपैयाँ कायम भएकोमा आज ९० रुपैयाँले घटेर ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ ।





