सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०८३ श्रावण १, शुक्रबार

काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार १ सय रुपैयाँले घटेर २ लाख ८२ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय २५ रूपैयाँ कायम भएकोमा आज १ सय २५ रुपैयाँले घटेर ४ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार