दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०८३ श्रावण २, शनिबार

काठमाडौँ : भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर ५ स्थित एसएस चोकमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

एसएस कलेजबाट बाटो क्रस गरी बागमती पेट्रोल पम्पतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प २९०५ नम्बरको मोटरसाइकल र नयाँथिमी चोकबाट राधेराधेतर्फ जाँदै गरेको बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि मध्यपुर थिमी अस्पताल भक्तपुर लगिएको थियो।

उपचारकै क्रममा दिउँसो १४ः२५ बजे बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा उदयपुर कटारी नगरपालिका वडा नम्बर २ घर भई हाल काठमाडौँ तीनकुने बस्ने १६ वर्षीय कबिर कार्की रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार