काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण गर्नु आफ्नो पार्टीको ठूलो गल्ती भएको स्वीकार गर्दै अब त्यस्तो निर्णय कुनै पनि अवस्थामा नदोहोरिने बताएका छन् ।
पार्टीले अब देशव्यापी तीन महिने अभियान सञ्चालन गर्ने र हरेक पालिकामा पार्टीका प्रतिनिधि पुगेर जनताका समस्या बुझ्ने समेत बताए।





