भ्रष्टाचार गरेको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर

२०८३ श्रावण ७, बिहीबार

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कालीकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

पलाँता गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा बेल्केढुङ्गा लेखनबाडा वडा कार्यालय दुर्सी फागोटी सडक निर्माणका लागि रु ४० लाख बजेट विनियोजन गरेको थियो। उक्त बजेटबाट तोकिएको भन्दा कम निर्माण गरी भ्रष्टाचार गरेको पाइएको आयोगले दाबी छ। विनियोजित बजेट दुरुपयोग गरी गराई भ्रष्टाचार गरेको अभियोगमा आयोगले उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो।

आयोगले पलाँता गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन र तत्कालीन सहायक लेखापाल मुनिप्रसाद प्याकुरेलविरुद्ध समान रु आठ लाख आठ हजार ६८० बराबरको बिगो मागदाबी गरेको छ।

यस्तै, तत्कालीन सबइन्जिनियर विनोदकुमार बम र सबइन्जिनियर नन्दबहादुर सिंह, बेल्केढुङ्गा लेखनवाडा वडा कार्यालय दुर्सी फागोटी ग्रामीण सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलक्षिना बम र सचिव कमलबहादुर बमविरुद्ध समान बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ।

तत्कालीन उपाध्यक्ष दाना न्यौापाने र वडा नं ९ का वडाध्यक्ष टक्कबहादुर बमविरुद्ध भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा २ बमोजिम कैद तथा जरिवानाको माग दाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार