राष्ट्रपति पौडेल र भीष्मराज आङदेम्बेबीच भेटवार्ता

२०८३ श्रावण ११, सोमबार

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता भएको छ ।

आङदेम्बेले सोमबार बिहान शीतलनिवासमा राष्ट्रपति पौडेलसँग करिब एक घण्टा भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङदेम्बेको सचिवालयले जनाएको छ । यससँगै आङदेम्बेले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोको, प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।

भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औंल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार