बौद्धमा आत्मदाह प्रयास गरेकी गुरुङको निधन

२०८३ श्रावण १२, मंगलवार

काठमाडौं : गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको ९ गते उपचारका क्रममा निधन भएको छ । बौद्धमा खाजा घर सञ्चालन गर्ने गुरुङ र उनका पतिबीच झैँ झगडापछि उनले आत्मदाह प्रयास गरेकी थिइन् । निधन भएपछि उनको शव माइती पक्षले जिम्मा लिएको छ ।

काभ्रे, तेमाल गाउँपालिका- ३ स्थायी घर भई उनी गोकर्णेश्वर नगरपालिका- ८, माकलबारीमा परिवारसहित बस्दै आएकी थिइन् । २७ वर्षीया गुरुङले साउन ४ गते अपराह्न बौद्ध गेटअगाडि आत्मदाह प्रयास स्वरूप आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार