काठमाडौं । चलचित्र निर्माता अविरल थापाले तिज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक गरेका छन् ।
गीतमा दीपिका बयम्बू, बेनिशा पौडेल र सुनिता विकको स्वर रहेको छ । संगीत किरण भुसालले गरेका छन् भने शब्द अविरल थापाको छ । गीतमा विभिन्न पेसामा आवद्ध श्रीमान्का श्रीमतीहरूले गरेका गुनासालाई व्यंग्यात्मक र ठट्यौलो शैलीमा उतारिएको छ ।
गीतको भिडियो वर्षा पौडेलले निर्देशन गरेकी छिन् । भिडियोमा ‘एज रिभर्सड’ कास्टिङ गरिएको छ । वयस्क महिलाहरूको भूमिकामा बालिकाहरूलाई अभिनय गराइएको छ ।
गीतमा नेपा डान्स एकेडेमीका १६ जना बालिकाको नृत्य छ । रोहिया महर्जनले कोरियोग्राफी गरेकी छिन् ।



