काठमाडौं : रुसले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म युक्रेनको राजधानी किभमाथि ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत भीषण आक्रमण गरेको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा नौजनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।
किभका मेयर भिताली क्लिच्कोका अनुसार सोलोमियान्स्की जिल्लामा पाँचतले एक आवासीय भवनको भग्नावशेष खस्दा दुईजनाको मृत्यु भएको छ । दुई बालबालिकासहित आठजना घाइते भएका छन् ।



