निम्स दाइले ‘ब्रोड पिक’सँग मागेका कुरा अधुरै रह्यो

२०८३ श्रावण १६, शनिबार

काठमाडौं : विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) पाकिस्तानको ‘ब्रोड पिक’ हिमपहिरोमा अस्ताएका छन् ।

पुर्जासहित ६ नेपाली र ४ विदेशीगरी १० जना उक्त हिमपहिरोमा बेपत्ता भएका थिए । पाकिस्तानको कराकोरम हिमशृखंलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार (१४ साउन) मध्याह्नतिर हिमपहिरो गएको थियो । ब्रोड पिकमा जानुअघि पुर्जाले आफ्नो सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गरेका थिए ।

सन्देशमार्फत उनले प्रार्थना गर्दै भनेका थिए, ‘ब्रोड पिक– म तिमीसँग केवल एउटा कुरा माग्छु—मलाई सुरक्षित रूपमा माथि पुग्न र फेरि सुरक्षित रूपमा फर्किन देऊ ।’

उनले सोही सन्देशमा आफूले कुनै पनि हिमाललाई हल्का रूपमा नलिने बताएका थिए । ‘बेसक्याम्पबाट पहिलो पाइला चाल्नेबित्तिकै मेरो सम्पूर्ण समर्पण त्यही अभियानमा हुन्छ । सधैं त्यस्तै थियो । सधैं त्यस्तै रहनेछ,’ पुर्जाले लेखेका थिए ।

तर निम्स दाई ब्रोड पिकको आरोहण गर्न नपाई बिचमै हिमपहिरोमा परी सदा सदाको लागी अस्ताए। उनले ब्रोड पिकसँग मागेको कुरा अधुरै रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार