इन्जिनियर र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ श्रावण २६, मंगलवार

काठमाडौँ : इलामको चुलाचुली गाउँपालिकाका लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्लीराज खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

पुलको डिजाइन स्वीकृत र ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । इटहरीबाट खटेको आयोगको टोलीले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो ।

अनुसन्धानको क्रममा दुवै जनाको मिलोमतोमा सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको पाइएको भन्दै आयोगले उनीहरूलाई ६ लाख रूपैयाँ बिगो कामय गरी मुद्दा दायर गरिएको आरोपपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार