कराते एसियाड टोलीलाई ट्रयाकसुट हस्तान्तरण

२०८३ श्रावण ३१, आईतवार

काठमाडौं : जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीलाई प्रोत्साहनस्वरूप ट्रयाकसुट प्रदान गरिएको छ ।

अमेरिकामा बसोबास गर्दै आउनुभएका खेलप्रेमी रबिन थापाले प्रायोजन गरेको ट्रयाकसुट हस्तान्तरण गरिएको हो। ८औँ दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) का पदक विजेता कारते मकेन्द्रबहादुर सिंहमार्फत खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई ट्रयाकसुट हस्तान्तरण गरियो ।

टोलीले खेलाडीको मनोबल उच्च राख्न विदेशमा रहेर पनि पु¥याएको सहयोगका लागि थापाप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार