एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली सुरु

२०८३ भाद्र ४, बिहीबार

काठमाडौं : एनएमबि बैंकले आफ्नो डिजिटल रुपान्तरणको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याएको छ।

यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् ।

नयाँ डिजिटल पोर्टल मार्फत ग्राहकहरूले जुनसुकै स्थान वा म्भखष्अभ बाट सजिलै कर्जाको लागि आवेदन दिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी ’रियल–टाइम’ मा ट्र्याक गर्न सक्नेछन् । यसले कर्जा स्वीकृत हुने समय घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई पारदर्शी, सरल र वातावरणमैत्री बनाउने बैंकको विश्वास छ ।

अनलाइन कर्जा आवेदन दिने सहज तरिका
-digi.nmb.com.np इन गर्नुहोस् ।
-Loan Services मा गई Explore Products मा क्लिक गर्नुहोस् ।
-आफूलाई चाहिएको कर्जा शीर्षक छनोट गरी आवश्यक विवरणहरू भर्नुहोस् ।
-फारम बुझाउनासाथ तुरुन्तै Explore Products प्राप्त हुनेछ ।
-उक्त ट्र्याकिङ आईडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको स्थिति (Status) सोझै हेर्नुहोस् ।

नेपालमा आधुनिक तथा कागजरहित बैंकिङ सेवा प्रवद्र्धन गर्ने लक्ष्यका साथ यो सेवा सुरु गरिएको हो । सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटलाइज गरी ग्राहकको अमूल्य समय बचत गर्न र दिगो तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न एनएमबि बैंक प्रतिबद्ध रहेको छ ।

हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको एनएमबि बैंकले सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटलाइज गर्दै ग्राहकको समय बचत गर्न र प्रविधिमैत्री बैंकिङ विस्तार गर्न यो कदम चालिएको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार