प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक

२०८३ भाद्र ४, बिहीबार

काठमाडौँ : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘प्रोटोन इ.मास ५’ (Proton e.MAS 5) का लागि “रिडिफाइन योर एभ्रिडे” (Redefine Your Everyday) शीर्षकको नयाँ टिभीसी (TVC) सार्वजनिक गरेको छ।

यस अभियान अन्तर्गत काम, परिवार, सृजनशीलता र यात्रासँग जोडिएका चार फरक कथाहरू प्रस्तुत गरिएको छ। आफ्नै करियरको महत्त्वपूर्ण मोडमा रहेका युवा उद्यमी, नयाँ सृजनशील स्थानको खोजीमा रहेका कलाकार, पूर्व योजनाबिना यात्रामा निस्किएका साथीहरू र गुणस्तरीय समय बिताइरहेको परिवारका यी कथाहरूले आधुनिक सहरी जीवनका विविध आयामहरूलाई प्रस्तुत गर्छन्।

यो अभियानले प्रविधिलाई मात्र नभई इ.मास ५ को फराकिलो स्पेस, आरामदायी इन्टेरियर र बहु उपयोगिताले मानिसको दैनिक जीवनलाई कसरी सहज र पुन:परिभाषित गर्छ भन्ने कुरालाई जोड दिएको छ।

प्रोटोन इ.मास ५ का मुख्य विशेषताहरू:

  • उत्कृष्ट बजार प्रतिक्रिया: हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा यो गाडीले उच्च चासो र बुकिङ हासिल गरेको थियो।
  • भेरियन्ट: प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध।
  • प्रमुख सुविधाहरू: रियर-ह्विल ड्राइभ, जि-ट्र्याक्सन कन्ट्रोल, ३२ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट, ७० लिटरको फ्रन्ट ट्रङ्क (Frunk), १४.६ इन्चको फुल-एचडी टच स्क्रिन र भेहिकल-टु-लोड (V2L) प्रविधि।

चारै कथा समेटिएको मुख्य टिभीसी फिल्म सार्वजनिक भइसकेको छ भने प्रत्येक कथामा आधारित चार वटा छोटा फिल्महरू आउँदा हप्ताहरूमा प्रोटोन नेपालका डिजिटल प्लेटफर्महरूमार्फत क्रमशः सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार