अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

२०८३ भाद्र ५, शुक्रबार

वालिङ : स्याङ्जामा अगौटे जातको सुन्तला ‘उन्सु’ मा पहिलो पटक सुँडे पुतलीको प्रकोप पहिचान गरिएको छ ।

पुतलीबजार नगरपालिका–१४ सतौंस्थित कृषक हुमनाथ ढकालले लगाएको उन्सु जातको अगौटे सुन्तलामा सुँडे पुतलीका कारण क्षति पुगेको पहिचान गरिएको हो । पाँच–छ वर्ष अघि सिन्धुली र रामेछापमा जुनारमा देखिएको यो प्रकोप स्याङ्जामा लगाइएको उन्सुमा पनि देखिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका प्रमुख अजय अधिकारीले बताए ।

अगौटे जातको उन्सुमा देखिएको सुँडे पुतलीले बेलुका र बिहान झिसमिसमै फल चुसेर नोक्सानी गर्ने तथा ४८ घण्टामा फल झार्ने भएकाले यसबाट समयमै सचेत हुन उनले कृषकहरुमा आग्रह गरेका छन् । “सुँडे पुतलीको प्रकोप बढ्न नदिन समयमै रोकथाम गर्नु जरुरी छ,” उनले भने, “जिल्लामा पहिलो पटक पहिचान भएको यो प्रकोपबाट क्षति हुन नदिनका लागि खोजी र नष्ट गर् अभियान सञ्चालन सुरु गर्छौं ।”

पुतलीले चुसेपछि झरेका फलहरु सङ्कलन गरी प्लाष्टिकको थैलामा मुख बन्द गरेर एक फिट खाडल खनेर गाडेको खण्डमा अन्य फल जोगाउन सकिन्छ । साँझ ‘टर्च लाइट’को उज्यालोमा पुतली कीराहरु हलचल नगरी बस्ने भएकाले समाएर नष्ट गर्न सकिने तथा बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्थापन गरेर जोगाउन सकिने प्रमुख अधिकारीले बताए ।

धुवाँ लगाउने, सक्खर, भेनेगर वा कुनै फलफूलको रस, माला थिएन । विषादीको चारो बनाएर पासो थाप्ने वा बगैँचामा छर्किने गर्नाले यो कीराबाट फललाई जोगाउन सकिने उपाय छन् ।

बोटमा भएका फलहरु एकाएक पहेँलो हुँदै झर्न थालेपछि यो समस्याका बारेमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जामा जानकारी गराएपछि कार्यालय प्रमुखसहित प्राविधिकहरु आएर परीक्षण गर्दा सुँडे पुतलीले क्षति गरेको पुष्टि भएको पुतलीबजार–१४ सतौंका कृषक हुमनाथ ढकालले बताए ।

“अघिल्ला वर्षहरुमा यस्तो प्रकोप देखिएको थिएन,” उनले भने, “यस वर्ष नौलो खालको प्रकोप देखियो, यस्तै अवस्था रहिरहने हो भने त अर्को वर्ष सुन्तला चाख्न पनि पाइन्न कि भन्ने चिन्ता पो छ त ।” सुँडे पुतलीको प्रकोप पुष्टि भएपछि यसबाट जोगाउनका लागि कार्यालय तथा प्राविधिकहरुबाट प्राप्त सुझावहरुअनुसार काम थालेको उहाँले बताए ।

स्याङ्जाका पुतलीबजार नगरपालिकाका सतौं, राङखोला, मायाटारी, अर्जुनचौपारी गाउँपालिकाको केही भेगमा मुख्यगरी अगौटे उन्सु जातको सुन्तला बगैंचा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार