वडासचिवविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा

२०८३ भाद्र ५, शुक्रबार

काठमाडौँ : सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गर्न सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले झापाको गौरीगन्ज गाउँपालिका– १ का वडासचिव अजयकुमार शाहविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले शाहलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

उनले जानीजानी ढिलासुस्ती गरी दर्ता सहजीकरण गर्ने र सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनका लागि घुस लिएको आरोपपत्रमा उल्लेख छ।

शाहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १० हजार रुपैयाँ बिगो कायम गरी सोहीबमोजिम जरिवाना सजाय मागदाबी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार