कृषि विकास बैंकको एपबाट क्यूआर भुक्तानी गरे लक्की ड्रमा सिधै सहभागी हुने

२०८३ भाद्र ६, शनिबार

काठमाडौं : डिजिटल बैंकिङ र कर प्रणालीमा पारदर्शिता बढाउने उद्देश्यले कृषि विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन कार्यक्रम’ समावेश गरेको छ।

अब बैंकका ग्राहकले एपमार्फत मर्चेन्ट क्यूआर स्क्यान गरी भुक्तानी गरेर सरकारी लक्की ड्रमा सहभागी हुन सक्नेछन्। कार्यक्रममा सहभागी हुन नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि कम्तीमा १०० रुपैयाँको वस्तु वा सेवा खरिद गरी कृषि विकास बैंकको एपबाट मर्चेन्ट क्यूआरमार्फत भुक्तानी गर्नुपर्नेछ। साथै, पसल वा व्यवसायीबाट प्यान वा भ्याट बिल लिएर सुरक्षित राख्नुपर्नेछ।

योग्य कारोबार स्वचालित रूपमा लक्की ड्रमा समावेश हुनेछन्। कार्यक्रममा दैनिक एक जनाले कर कट्टीपछिको १ लाख रुपैयाँ नगद पुरस्कार र प्रत्येक १५ दिनमा एक जनाले १० लाख रुपैयाँ बम्पर पुरस्कार पाउनेछन्।

बैंकको एपमा रहेको ‘IRD Incentive Program’ मेनुमार्फत ग्राहकले योग्य कारोबारको संख्या, विवरण, पुरस्कार अवस्था तथा लक्की ड्रको नतिजा हेर्न सक्नेछन्। बैंकले ग्राहकलाई क्यूआरमार्फत भुक्तानी गर्न, प्यानरभ्याट बिल लिन र एपबाट आफ्नो योग्यता जाँच गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार