चलचित्र ‘खोज तलास’को पोस्टर सार्वजनिक

२०८३ भाद्र ७, आईतवार

काठमाडौं : चलचित्र ‘खोज तलास’को पोस्टर सार्वजनिक गरिएको छ ।

अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा स्टेट मेम्बर स्टेबिन रागा, निर्देशक किशोर सुब्बा, केशवराम राई र गोविन्द राईले संयुक्त रूपमा पोस्टर सार्वजनिक गरेका हुन् । चलचित्रमा दिनेश लिङ्देनको कथा तथा निर्देशन रहेको छ । निर्देशक लिङ्देनका अनुसार चलचित्रले नेपालको वर्तमान राजनीति र विभिन्न सामाजिक घटनालाई कथावस्तुका रूपमा प्रस्तुत गर्नेछ ।

चलचित्रमा रुद्र पाहिम, पुष्पाञ्जली लिम्बू, राजकुमार शाह, शैलेन्द्र नाल्बो, बिमला खजुमलगायत कलाकारको अभिनय रहनेछ । चलचित्रका निर्माता शैलेन्द्र नाल्बो हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार