फिल्म ‘बेहुली’को गीत ‘म भईन भने’ सार्वजनिक

२०८३ भाद्र ८, सोमबार

काठमाडौँ : संगीतकार अर्जुन पोखरेलको निर्माण रहेको फिल्म ‘बेहुली’को रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक गरिएको छ। सुरेश लामा र दुर्गा खरेलको स्वर रहेको गीतमा अर्जुन पोखरेलकै शब्द तथा संगीत छ। गीतको एरेन्ज उदय राज पौडेलले गरेका हुन्।

सार्वजनिक गीतको भिडियोमा अभिनेता पारस बम र अभिनेत्री दिव्या रायमाझीको रोमान्टिक अवतार देख्न सकिन्छ। विकास दाहालको सिनेमाटोग्राफी र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीत दार्जिलिङ, मिरिक र सिक्किमका आकर्षक स्थानहरूमा छायाङ्कन गरिएको हो।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको फिल्ममा पारस र दिव्याका अलावा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतको अभिनय छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको फिल्ममा अर्जुन पोखरेल प्रस्तुतकर्ता, प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल तथा सह–निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्।

नरेन्द्र मैनालीको डिओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन रहेको यस फिल्मलाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार