काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औं वार्षिक साधारणसभा यही भदौ ३१ गतेका लागि आह्वान गरेको छ । उक्त साधारणसभा आम्रपाली बैंक्वेट, बालुवाटार रोड, काठमाण्डौंमा हुने बैंकले जनाएको छ ।
साधारणसभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.व. २०८२/८३ को संचित मुनाफाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभाशं पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८२//८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने, बाह्रय लेखा परिक्षक नियुक्ती गर्ने लगायतका अन्य प्रस्तावहरु छन् ।
गत वर्ष बोनस शेयर तथा नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ २०८३ भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, २०८३ भदौ १७ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।






