चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण

२०८३ आश्विन २४, शनिबार

बेइजिङ : चीनले शनिबार दक्षिणी टापु प्रान्त हाइनानस्थित व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट लङ मार्च–१२ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त रकेटमार्फत न्यून पृथ्वी कक्षामा रहने इन्टरनेट उपग्रहहरूको नयाँ समूह अन्तरिक्षमा पठाइएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बेइजिङ समयअनुसार शनिबार बिहान ३ बजेर २७ मिनेटमा प्रक्षेपण गरिएको रकेटले आफ्नो निर्धारित उडान पूरा गर्दै उपग्रहहरूलाई पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको थियो ।

प्रक्षेपण गरिएका उपग्रहहरू चीनको न्यून पृथ्वी कक्षीय इन्टरनेट उपग्रह कार्यक्रमअन्तर्गतको २७औँ समूह रहेको जनाइएको छ । यस प्रक्षेपणसँगै चीनले आफ्नो अन्तरिक्ष प्रविधि तथा उपग्रहमा आधारित सञ्चार प्रणालीको विकासलाई निरन्तरता दिएको छ । न्यून पृथ्वी कक्षमा स्थापित गरिने यस्ता उपग्रहहरू अन्तरिक्षमा आधारित इन्टरनेट तथा सञ्चार सेवाका लागि प्रयोग गरिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार