ट्रक र यात्रुवाहक गाडी ठोक्किँदा ७ जनाको मृत्यु

२०८३ आश्विन २५, आईतवार

काठमाडौं : भारतको पश्चिमी राज्य गुजरातको कच्छ जिल्लामा भएको भीषण सडक दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।

यात्रुवाहक सवारीसाधन र ट्रक एकआपसमा ठोक्किँदा सो मानवीय क्षति भएको स्थानीय प्रहरी प्रशासनले पुष्टि गरेको छ । स्थानीय प्रहरी अधिकारीहरूकाअनुसार दुर्घटना कच्छ जिल्लास्थित खावडा नवीकरणीय ऊर्जा पार्क क्षेत्र नजिकै भएको हो ।

तीव्र गतिमा रहेको ट्रकले मजदुरहरू सवार यात्रुवाहक गाडीलाई अगाडिबाट सिधै ठक्कर दिएको थियो । दुर्घटनाग्रस्त यात्रुवाहक सवारीसाधनमा चालकसहित झण्डै ३२ जना सवार रहेका थिए । तीमध्ये अधिकांश स्थानीय परियोजनामा कार्यरत श्रमिकहरू रहेको खुलेको छ ।

दुर्घटनाको यकिन कारण पत्ता लगाउन र ट्रक चालकको अवस्थाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार