बूढीगण्डकी बाढीले मनास्लु सर्किट गएका पर्यटक अलपत्र

२०८३ आश्विन २५, आईतवार

काठमाडौं : बूढीगण्डकी नदीमा गएको बाढीका कारण मनास्लु सर्किट गएका पर्यटक अलपत्र परेका छन्।

बाढीले विभिन्न ठाउँका मोटरेबल तथा झोलुङ्गे पुल बगाए र सडक अवरुद्ध भएपछि पर्यटकहरू बाटोमै रोकिएका हुन्। आइतबार बिहान बूढीगण्डकीमा बाढी आउँदा गोरखा र धादिङको नदी तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ। बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।

बाढीले चुमनुब्री गाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ भने जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार