इमरान खानको पार्टी बर्खास्त

२०८३ आश्विन २५, आईतवार

काठमाडौं : पाकिस्तानमा राजनीतिक सङ्कट थप गहिरिएको छ। शहबाज सरिफ नेतृत्वको सङ्घीय सरकारले आइतबार खैबर-पख्तूनख्वा प्रान्तमा आपत्काल घोषणा गर्दै त्यहाँको प्रान्तीय सरकारलाई बर्खास्त गरिदिएको छ। राष्ट्रपति आसिफ अली जरदारीले यससम्बन्धी औपचारिक घोषणा गरेका छन्।

बर्खास्त गरिएको खैबर-पख्तूनख्वामा पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक दल पाकिस्तान तहरीक-ए-इन्साफको सरकार थियो। खैबर-पख्तूनख्वाका मुख्यमन्त्री सोहेल अफरीदी पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै आफ्ना समर्थकहरूसँग गत अक्टोबर ४ देखि राजधानी इस्लामाबादतर्फ लामो पदयात्रा निकालिरहेका थिए। यस राजनीतिक तनावकाबीच सङ्घीय सरकारले यो कडा कदम चालेको हो। मुख्यमन्त्री अफरीदीले अब आफ्नो पद गुमाउनुपर्ने भएको छ।

शहबाज सरिफ सरकारले पीटीआई सरकारमाथि प्रान्तमा आतङ्कवादविरुद्धको लडाइँमा जानिजानी सहयोग नगरेको गम्भीर आरोप लगाएको छ। सरकारले देशमा आतङ्कवादलाई कुनै पनि हालतमा सहने छैन भन्दै यो कदम चालिएको स्पष्ट पारेको छ।

पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) ले सङ्घीय सरकारको यस कदमको कडा शब्दमा भर्त्सना गर्दै विरोध जनाएको छ । पीटीआईका अध्यक्ष ब्यारिस्टर गौहर अली खानले यस निर्णयलाई पूर्णतः अलोकतान्त्रिक र ठुलो राजनीतिक भुलको संज्ञा दिएका छन्। उनले प्रान्तको स्वायत्तता र अधिकारलाई कमजोर बनाएर खैबर-पख्तूनख्वामा कहिल्यै पनि शान्ति र स्थिरता कायम गर्न नसकिने स्पष्ट पारे।’

इमरान खानका नजिकका सहयोगी तथा पीटीआईका प्रवक्ता जुल्फिकार (जुल्फी) बुखारीले यस कदमलाई ‘हास्यास्पद’ भनेका छन्। उनले खैबर-पख्तूनख्वा सरकार नै पाकिस्तानमा जनताद्वारा कानुनी रूपमा चुनिएको एक मात्र वैध प्रान्तीय सरकार रहेको दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार