काठमाडौं : म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार लिभरपुलविरुद्ध ३–० को सहज जित निकालेको छ ।
एनफिल्डमा पाहुना टोली सिटीलाई जित दिलाउन एर्लिङ हालान्ड, जेरिमी डोकु र रायन चेरकीले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२औँ मिनेटमा मिडफिल्डर रायन ग्राभेनबर्चले दोहोरो पहेंलो कार्ड व्यहोर्दै मैदान छाडेपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।
लिभपुलको एक खेलाडी कम हुँदाको फाइदा सिटीले लिँदै १३ मिनेटभित्र तीन गोल गरेको थियो । हालान्डले ६५औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै डोकुले टोलीको अग्रता दोब्बर बनाए । चेरकीले ७८औँ मिनेटमा सिटीका लागि तेस्रो गोल गरे ।
लगातार छैटौँ जितसँगै ६ खेलबाट १८ अंक जोडेको सिटी शीर्षस्थानमा कायम छ । पराजित लिभरपुल समान खेलबाट ९ अंकका साथ नवौँ स्थानमा छ ।










