दाङ : आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक श्रेष्ठका अनुसार घोराही–२ रामपुरका ४५ वर्षीय टोपबहादुर वलीको मृत्यु भएको हो ।
घाइते दुवैको घोरहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचार भइरहेको छ । एउटा मोटरसाइकलमा तीन जना सवार थिए ।











