एकजना भाषाशास्त्रीको अडियो आएको छ : ओली

२०८३ आश्विन २९, बिहीबार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई भाषाशास्त्री भन्दै व्यङ्ग्य गरेका छन्।

बिहीबार पार्टी कार्यालयमा बोल्दै ओलीले अहिले लोकप्रिय व्यक्तिलाई रातारात हिरो बनाउने र त्यसैगरी अलोकप्रिय बनाउने प्रवृत्ति खतरनाक रहेको बताए। ‘अहिले भर्खर एकजना भाषाशास्त्रीको अडियो आएको छ। महान् विद्वान्, विज्ञको। भयंकर यस्तोलाई रातारात हिरो बनाइन्छ,’ ओलीले भने।

उनले यस्तो प्रवृत्ति नेपालमा मात्रै नभई विभिन्न देशमा पनि देखिएको दाबी गरे। लोकप्रिय व्यक्तिलाई योजनाबद्ध रूपमा स्थापित गर्ने र त्यसपछि कमजोर पार्ने अभ्यास लोकतान्त्रिक प्रणालीका लागि चुनौती भएको उनको भनाइ थियो।

ओलीले विश्व राजनीतिमा शोषण, नियन्त्रण र हस्तक्षेपका तरिकामा ठूलो परिवर्तन आएको उल्लेख गर्दै त्यसबारे गम्भीर अनुसन्धान गर्नुपर्ने बताए। उनका अनुसार अहिले सरकार परिवर्तन गराउने र आफूअनुकूलका सरकार स्थापना गर्ने अभ्याससमेत फरक स्वरूपमा अघि बढिरहेको छ।

‘लोकतन्त्रका जनक हौँ भन्ने, लोकतन्त्रका रक्षक हौँ भन्ने र मानव अधिकारका रक्षक हौँ भन्नेहरूले नै अलोकतान्त्रिक तरिकाबाट, षड्यन्त्रपूर्ण ढंगले सत्ता परिवर्तन गराउँछन् र आफ्ना पपेट गभर्मेन्ट स्थापना गर्छन्,’ ओलीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार