संसद अवरोध भएपछि सभामुखले भने- दोहोरी खेलेर समस्याको समाधान हुँदैन

२०८० जेष्ठ २२, सोमबार

काठमाडौं : सभामुख देवराज घिमिरेले संसदमा दोहोरी खेलेर समस्या समाधान नहुने बताएका छन्। सोमबार संसद बैठकमा प्रतिपक्षी दलहरूले बैठक अवरोध गरेपछि सभामुख घिमिरेले संसदमा दोहोरी खेलेर समस्या समाधान नहुने बताए।

‘संसदमा दोहोरी खेलेर समस्या समाधन हुँदैन माननीयज्युहरू। अहिले प्रधानमन्त्रीजीलाई बोल्ने समय हो। उहाँले बोलेको कुरामा केही नियमापत्ति भए भन्नुस्। अन्यथा सदन सुचारु गर्न दिनुस्,’ उनले भने।

उनले दोहोरी खेलेर समस्या समाधान नहुने भन्दै सबै संसदको मर्यादा बुझ्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार