माछापुच्छ्रे बैंकले पायो इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स, २०२३

२०८० असार १, शुक्रबार

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स, २०२३ प्राप्त गरेको छ । ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङ्गमा अभुतपूर्व सफलता हासिल गरे सँगै बैंक “इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स, २०२३ – Maximizing Customer Engagement-Gold“ पुरस्कारबाट सम्मानित भएको हो ।

विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको छ । Infosys Finacle ले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आई रहेको छ । यस वर्ष विश्वभरीबाट २०० भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार