काठमाडौंका बोर्डिङ शिक्षकलाई सरकारीसरहकै तलब सुविधा दिन बालेनले गराए सचेत

२०८० असार १४, बिहीबार

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बोर्डिङ शिक्षकहरूलाई सरकारीसरहकै तलब सुविधा दिन सचेत गराएका छन् ।

उनले साे अनुसार तलब नदिए महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

शिक्षा ऐन २०८ को दफा १२ (७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि सरकारले तोकेअनुसार दिनुपर्ने व्यवस्था गरेअनुसार काम गर्न उनले आग्रह गरेका छन् ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले पाउने तलब सुविधा विवरण सार्वजनिक गर्दै सोही अनुसार दिन उनले निजी विद्यालयहरूलाई भनेका हुन् ।

अहिले माध्यमिक तह प्रथम श्रेणीले ६८ हजार १४५ रुपैयाँ मासिक तलब पाउने गरेका छन् ।

यस्तो अन्यले पाउने तलब सुविधा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार