डेढ वर्षपछि ब्याजदर तोक्ने जिम्मा बैंकलाई

२०८० असार २९, शुक्रबार

काठमान्डौ : डेढ वर्षपछि बैकहरूले निक्षेपको ब्याजदर निर्धारण गर्ने जिम्मा पाएका छन् । वित्तीय प्रणालीमा तरलता सहज भएपछि नेपाल बैंकर्स संघले आगामी साउनदेखि बैंकहरू आफैले ब्याजदर तोक्न पाउने निर्णय गरेको हो । साउनदेखि बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आफैले ब्याजदर निर्धारण गर्नेछन् ।

बैकहरूसँग तरलता प्रशस्त रहेको र कर्जाको माग कम भएकाले निक्षेपको ब्याजदर बैंकको अवस्थाका आधारमा निर्धारण गर्ने निर्णय गरिएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए । ‘हिजो तरलता अभाव हुँदा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा भएपछि संघले भद्र सहमति गर्दै आएको थियो,’ शर्माले भने, ‘अहिले अवस्था सहज भएपछि बैंकहरूले आफै तोक्न सक्ने निर्णय गरिएको हो ।’

अब बैंकहरूले आफ्नो अवस्थाका आधारमा ब्याजदर तोक्न सक्ने उनले बताए । तरलता अभावसँगै बैंकहरूबीच निक्षेप खोसाखोस र ब्याजदरमा प्रतिस्पर्धाका कारण २०७८ कात्तिकमै वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर १२ प्रतिशतनजिक पुगेपछि राष्ट्र बैंकले ब्याजदर एकल विन्दुमा राख्न मौखिक निर्देशन दिएको थियो ।
यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार