एएफसी च्याम्पियन्स लिग : नेइमार आबद्ध अल हिलालले भारतको मुम्बईमा खेल्ने

२०८० भाद्र ७, बिहीबार

काठमाडौं : एसियाको सबैभन्दा ठूलो क्लब प्रतियोगिता एएफसी च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरिएको छ।

एसियाली फुटबल महासंघ (एएफसी) ले आज एसियाका विभिन्न ४० क्लबलाई १० समूहमा विभाजन गरेको हो। लिगमा साउदी अरेबिया, जापान र दक्षिण कोरियाका चार-चार क्लबले भाग लिँदैछन्।

गत सिजनको साउदी प्रो लिग जितेको अल-हिलालसहित अल-इत्तिहाद र अल-फयाहाले सिधा समूह चरणमा स्थान बनाएका थिए। पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो आबद्ध अल-नासरले क्वालिफाइङ प्लेअफ जितेर समूह चरणमा स्थान बनाएको थियो।

लिगमा दक्षिण एसियाबाट भारतको मुम्बई सिटीले मात्र भाग लिँदैछ। मुम्बई समूह ‘डी’ मा परेको छ। यो समूहमा साउदी क्लब अल-हिलालसहित इरानको नसाजी मजान्दरन र उज्वेकिस्तानको नाभबहोर छन्।

अल-हिलालमा ब्राजिल फरवार्ड नेइमार, सेनेगलका काउलीबाली, पोर्चुगलका रुबेन नेभेस र सर्वियाका मिट्रोभिक विदेशी खेलाडीको रुपमा आबद्ध छन्। त्यसैले नेइमारसँगै युरोपमा खेलेका स्टार खेलाडीले भारतले आएर मुम्बईसँग खेल्ने भएका छन्।

लिगको समूह चरणका खेल १८ सेप्टेम्बरदेखि होम एन्ड अवेका आधारमा हुनेछन्। १० समूह विजेता र ६ उत्कृष्ट उपविजेता नकआउट चरणमा पुग्नेछन्।

समूह विभाजन

समूह ए: पाख्तकोर, अल फयाहा एफसी, अहल एफसी, अल ऐन एफसी
समूह बी: अल साद एससी, एफसी नसाफ, अल फैसली, शारजाह एफसी
समूह सी : अल इत्तिहाद, सेपाहान, एयर फोर्स क्लब, एजीएमके एफसी
समूह डी: अल हिलाल, नसाजी मजान्दरन एफसी, मुम्बई सिटी एफसी, नवबाहोर
समूह ई: पर्सेपोलिस एफसी, अल दुहेल एससी, एफसी इस्टिक्लोल, अल नासर
समूह एफ : जोनबुक हुन्डाइ मोर्टस एफसी, बैंकक युनाइटेड, लाइन सिटी सोइलर्स, किट्ची एससी
समूह जी : योकोहामा, शान्डोङ ताइशान एफसी, काया एफसी-इलोइलो, इन्चेन युनाइटेड एफसी
समूह एच: बुरिराम युनाइटेड, भेन्टफोरेट कोफु, मेलबर्न सिटी एफसी, झेइयाङ एफसी
समूह आई: उल्सान हुन्डाई एफसी, कावासाकी फ्रन्टेल, जोहर दारुल ताजिम, बीजी पथुम युनाइटेड
समूह जे : वुहान थ्री टाउन्स एफसी, पोहाङ स्टीलर, हनोई एफसी, उरावा रेड डाइमन्डस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार