सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित ३ कर्मचारी पक्राउ

२०८० भाद्र २३, शनिबार

काठमाडौं : ६० किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरू कमल परियार र वीरेन्द्र नेपाली रहेका छन् । ब्रेक सु मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनीहरूलाई शुक्रबार पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा प्रहरीले सिनामंगल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको सुन ब्रेक सुबाट निकालेर गाल्दा ६० किलो भन्दा केही बढी भएको खुलेको थियो ।

यो सँगै सुन प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ३१ पुगेको छ । यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यही प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बालाई भने बिरामी परेका कारण हाजिरी जमानीमा छाडिएको छ ।अन्य ३० जना भने सीआईबीको हिरासतमै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार